May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुनील थापासहित ५० नेता-कार्यकर्ता आज कांग्रेस प्रवेश गर्दै

सुनील थापासहित ५० नेता-कार्यकर्ता आज कांग्रेस प्रवेश गर्दै

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता सुनीलबहादुर थापासहित ५० भन्दा बढी नेता–कार्यकर्ता आज नेपाली कांग्रेस प्रवेश गर्दैछन्।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गर्न लागेका हुन्। थापाले सह–महामन्त्री पाउने भएका छन् भने उनीसँगै प्रवेश गर्ने ५ जनाले केन्द्रीय सदस्य पाउनेछन्। विष्णुविक्रम थापा, किरण गिरी, वृजलाल यादव, रामकृष्ण भट्टराई र बाबुराम बस्नेतले केन्द्रीय सदस्य पाउने जनाइएको छ। 

Advertisement

राप्रपाका पूर्वमहामन्त्रीसमेत रहेका नेता सुनील थापासहित ३१ नेताहरूले शनिबार अध्यक्षत्रयलाई राजीनामा पत्र बुझाएका थिए।