May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

काठमाण्डौँ – आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । साउन ६ गते बाढीपहिरो र डुबान प्रभावितको उद्धारका लागि भन्दै यसअघि बैठक आजका लागि सारिएको थियो ।

बिहान एघार बजे बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

Advertisement

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।