April 29, 2024, Monday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु

प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेपनि प्रचण्डसहितका नेताहरुले त्यसलाई अस्वीकार गर्दै बैठक बसेको हो । 

प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता विनै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा परिसरमा सुरु भएको छ ।

Advertisement

प्रथम अध्यक्ष ओलीले स्थगन गरेको आजको बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अध्यक्षतामा सुरु गरेका हुन् । यसअघि प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले केही बेर ओलीलाई भेटेका थिए ।