May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौं प्रवेश गर्ने नाकाबाट ४ हजार ८ सय बढीको कोरोना परीक्षणका लागि स्वाब संकलन

काठमाडौं प्रवेश गर्ने नाकाबाट ४ हजार ८ सय बढीको कोरोना परीक्षणका लागि स्वाब संकलन

काठमाडौं- कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौ उपत्यका प्रवेश गर्नेहरुको सीमानामै स्वाब संकलन गर्न थालिएको छ ।

हालसम्म काठमाडौं प्रवेश गर्ने तीनवटा नाकाबाट ४ हजारभन्दा बढीको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य तीनवटा नाकाबाट आज बेलुकासम्म ४ बजेसम्ममा ४ हजार ८१३ जनाको स्वाब संकलन गरिएको जनाकारी दिएका हुन् ।

डा गौतमका अनुसार फर्पिङ नाकाबाट उपत्यका प्रवेश गर्ने ९५५ जना, थानकोट नागढुंगा नाकाबाट प्रवेश गर्ने २ हजार ९१४ जना र साँगाबाट प्रवेश गर्ने ९४४ जनाको स्वाब संकलन गरिएको छ ।

उनीहरु सबैको उपत्यकाका विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिने डा गौतमले बताए ।