May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली सेनाका पूर्व रथी खड्काको निधन

नेपाली सेनाका पूर्व रथी खड्काको निधन

काठमाडौं- नेपाली सेनाका अवकासप्राप्त रथी कुलबहादुर खड्काकाे निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका खड्काकाे उपचारका क्रममा मंगलबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Advertisement

उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो सरकारद्वारा सेनापतिमा नियुक्त भएका थिए । लेफ्टिनेन्ट जनरल खड्काको प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको थियो ।

प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको ५५ औं दिनमा उनको आज निधन भएको हो ।