April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कर्णाली नदीमा पानीको बहाव उच्च, तटीय क्षेत्रमा नागरिकलाई सतर्क रहन आह्रवान

कर्णाली नदीमा पानीको बहाव उच्च, तटीय क्षेत्रमा नागरिकलाई सतर्क रहन आह्रवान

कैलाली- लगातारको भारी वर्षाका कारण देशभरका खोला, नदी र तलाउमा पानीको बहाव उच्च भएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। लगातारकाे वर्षाका कारण कैलालीकाे चिसापानीमा नदीकाे सतह पनि बढीरहेकाे छ।

बिहान नाै बजेसम्म कर्णाली नदीकाे सतह नाै दशमलव ८९ मिटर पुगेकाे छ। कर्णालीकाे सतह १० मिटर पुगे सतर्कता तह र १० दशमलव ८ मिटरलाई खतरा मानिएकाे छ। जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीमा लगातार वर्षा भइरहेकाे छ। महाशाखाका अनुसार टीकापुरकाे चुरियामा २४ घण्टामा २ सय ७१ मिलिमिटर वर्षा भएकाे छ भने चिसापानीमा २ सय ६० मिलिमिटर वर्षा भएकाे छ।

Advertisement