May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विपीको विचारको हत्या कसले गर्योः कमल थापा

विपीको विचारको हत्या कसले गर्योः कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेस शीर्ष नेताहरूले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भनेर दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् ।

पूर्वमन्त्री सुनिल बहादुर थापा राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गर्दा हिजो (मंगलबार) राति कांग्रेस पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस नेताहरुले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भएको अभिव्यक्ति दिएका थिए ।

Advertisement

अध्यक्ष थापाले कांग्रेस नेताहरुलाई कम्युनिष्ट बलियो बनाउने काम कसले गर्‍यो ? भन्ने उल्टै प्रश्न गरेका छन् । थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत कांग्रेस नेताहरुलाई प्रश्न गरेका छन् ।