April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेकपा विवादः केन्द्रीय कमिटी बैठकको माग गर्दै सदस्यहरुले आज हस्ताक्षर बुझाउँदै

नेकपा विवादः केन्द्रीय कमिटी बैठकको माग गर्दै सदस्यहरुले आज हस्ताक्षर बुझाउँदै

काठमाण्डौँ – केन्द्रीय कमिटी बैठकको माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले आज हस्ताक्षर बुझाउने भएका छन्। दिउँसो चार बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव विष्णुप्रसाद पौडेललाई हस्ताक्षर बुझाइने कार्यक्रम तय भएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए।

“सचिवालयले विवाद हल गर्न नसकेपछि स्थायी कमिटी बोलाइयो। तर, स्थायी कमिटीले पनि विवाद हल गर्न नसकेकाले हाम्रो छलफल हुनुपर्छ”, उनले भने। पार्टी विभाजन तर्फ उन्मुख भएकाले केन्द्रीय कमिटी बैठकको माग गरिएको गैरेले बताए।

Advertisement

निकै समय पहिलेबाटै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भए पनि बन्दाबन्दीका कारण ढिलाइ भएको केन्द्रीय सदस्य निरज आचार्यले बताए। “केन्द्रीय कमिटीको बैठकले पार्टीको विवाद हल गर्छ, बैठक बोलाइनुपर्छ”, आचार्यले भने।

नेकपा विधानको धारा ५९ (४) ले २५ प्रतिशत सदस्यले लिखित माग गरेमा एक महीनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने व्यवस्था गरेको छ।