April 11, 2026, Saturday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लीअरीसँग पराजित, रोनाल्डोले गुमाए सर्वाधिक गोलकर्ता हुने अवसर

इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लीअरीसँग पराजित, रोनाल्डोले गुमाए सर्वाधिक गोलकर्ता हुने अवसर

साउन १५, एजेन्सि । इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लीअरीसँग पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा काग्लीअरीले पाहुना टोली युभेन्टसलाई २-० गोलले पराजित गर्यो ।

काग्लीअरी जित दिलाउनकाे लागि लुका गाग्लिआनो र जिओभानी सिमेओनले १-१ गोल गरे। लिगको ३७ औँ खेलमा काग्लीअरीसँग पराजय भोगे पनि युभेन्टस् दुई खेल अगावै विजेता बनेको थियो । युभेन्टस्को ८३ अंक छ। दोस्रो स्थानमा रहेको इन्टर मिलानको ७९ अंक छ। युभेन्टसलाई पराजित गरेको काग्लीअरीको ४५ अंक पुगेको छ ।

Advertisement

याे हारसँगै ‘सिरी ए’ मा सिजनको सर्वाधिक गोलकर्ता हुने अवसरले क्रिस्टियानो रोनाल्डो गुमाएका छन् । ३५ वर्षीय रोनाल्डोले यो सिजन ३१ गोल गरेका छन् र उनी लाजियोका सिरो इम्बोली भन्दा चार गोलले पछाडि छन् । अब लिग चरणमा युभेन्टसको एक खेल मात्र बाँकी छ र त्यो एएस रोमाविरुद्ध रहेको छ ।