April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पार्टी कार्यालय पुगे पौडेल पक्ष, देउवाले पनि बोलाए आफ्नो पक्षका नेताहरु

पार्टी कार्यालय पुगे पौडेल पक्ष, देउवाले पनि बोलाए आफ्नो पक्षका नेताहरु

साउन १५, काठमाडाैं । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीका केन्द्रीय विभाग र निकायहरुमा भइरहेका मनोनयनको विरोध गर्दै सभापति शेरबहादुर देउवालाई अहिले सामूहिक लिखित असहमति बुझाउने भएको छ । 

महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्नेगरी मनोनयन रोक्न पौडेल पक्षले धेरै अघिदेखि माग गर्दै आएको थियो ।

Advertisement

बुधबार पौडेल पक्षको बैठकले लिखित असहमित जनाउने निर्णय गर्दै त्यहींबाट सभापति देउवासँग समय मागेको थियो । देउवाले बिहीबार बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाएका थिए ।

देउवालाई भेट्न अहिले पौडलपक्ष पार्टी केन्द्रीय कार्यालय सानेपामा जम्मा भइसकेको छ । सानेपामा पौडेलका तर्फबाट महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु रामशरण महत, अर्जुनरसिंह केसी, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायतका नेताहरु उपस्थित छन् । उता देउवाले आफ्नो पक्षबाट उपसभापति बिमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशरण महत, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी सावदलगायतका नेताहरुलाई बोलाएका छन् ।

यसअघि पनि पौडेल पक्षले लिखित रुपमा सभापति देउवाको ध्यानाकर्षण गराएको थियो । त्यसपछि पनि मनोनयन हुँदै गएपछि देउवालाई भेटेरै सामूहिक रुपमा बिरोध पनि गर्ने र यसै मुद्दालाई पार्टीको तल्लो तहसम्म लैजाने रणनीतिमा पौडेल पक्ष पुगेको हो ।

देउवाले मनोनयनहरु रोक्ने विश्वास नदिलाए पौडेल पक्षले आजै अपरान्ह पत्रकार सम्मेलन गरेर आफ्ना धारणाहरु सार्वजनिक गर्ने तयारीमा पुगेको छ । देउवाले पार्टी केन्द्रीय विभागलगायतका पार्टी निकायहरुमा मनोनयन गर्ने क्रम नरोकिएपछि पौडेल पक्षले महाधिवेशनको निष्पक्षमता माथि नै प्रश्न उठाएको छ ।