May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

साउन १६, एजेन्सी । हालै गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।
सौर्य चक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरुले सूर्य अबको ३० वर्षपछि चिसो हुने अनुमान लगाएका हुन् ।

क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले केही समयअघि गरेको एक अध्ययन अनुसार सन् २०५० सम्म सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने छ । अध्ययनपछि वैज्ञानिकहरुले त्यसबेलासम्म सूर्यको तापक्रम अहिलेको भन्दा ७ प्रतिशत घट्ने प्रतिवेदन निकालेका छन् ।

Advertisement

वैज्ञानिकहरुले सूर्यको तापक्रम घटेपछि त्यसको असर पृथ्वीमा पनि पर्ने बताएका छन् । तर असर संसारभर एकैनासको भने नहुने वैज्ञानिकहरुले उल्लेख गरेका छन् । विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरुको भनाइ छ ।