May 14, 2026, Thursday
२०८३ बैशाख ३१, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वीरगञ्जमा नारायणी अस्पतालका डाक्टर र नर्ससहित २८ जनामा कोरोना संक्रमण

वीरगञ्जमा नारायणी अस्पतालका डाक्टर र नर्ससहित २८ जनामा कोरोना संक्रमण

काठमाडौं– कोरोना संक्रमितको उपचार गरिरहेको वीरगञ्जस्थित नारायणी अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहित कर्मचारीसमेत संक्रमित भएका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार अस्पतालका २८ जनामा कोरोना संक्रमण देखिएको छ। उनका अनुसार ८ जना डाक्टर, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी गरेर २८ जनामा संक्रमण देखिएको छ। डाक्टरहरुमा २ जना फिजिसियन, ४ जना अर्थोपेडिसियन, १ जना सर्जन र १ जना मेिडकल अधिकृत छन्।

Advertisement

डा उपाध्यायका अनुसार अस्पतालका कर्मचारीको परिवारका सदस्यामा समेत कोरोना पोजेटिभ देखिएको छ।