April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पीयूमा पदाधिकारी नियुक्तिको माग गर्दै नेवि संघ अनसनमा

पीयूमा पदाधिकारी नियुक्तिको माग गर्दै नेवि संघ अनसनमा

लामो समयदेखि विभिन्न विवादका कारण चर्चामा आइरहने पोखरा विश्वविद्यालयमा विगत १० महिनादेखि उपकुलपतिविहीन भएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । उपकुलपति सहित रिक्त रहेका ९ पदमा तुरुन्त पदाधिकारी नियुक्तिको माग गर्दै नेबि संघ लगायतका बिभिन्न विद्यार्थी संगठनहरूले रिले अनसन गरिरहेको छन ।

शुक्रबार नबौं दिनमा पनि रिले अनसन जारी रहेको विद्यार्थी नेता राजिव भण्डारीले जानकारी दिनुभयो । केन्द्रीय कार्यालयको गेटमा रिले अनशन सुरु गरेका हुन् । आफूहरुको माग पूरा नहुँदासम्म अनसन जारी राख्ने विद्यार्थी नेताहरुको भनाइ रहेको छ ।

Advertisement

पोखरा विश्वविद्यालयमा उपकुलति मात्र नभई पोखरा विश्वविद्यालयमा रजिस्टार र परिक्षा नियन्त्रक साथै ४ संकायका डीन पनि खाली रहेका छन् । ५ वटा संकायमा पढाई हुदै आएको विश्वविद्यालयमा ब्यबस्थापन (म्यानेजमेन्ट) संकाय, विज्ञान तथा प्रविधि (साइन्स एण्ड टेक्नोलोजी) संकाय, स्वास्थ्य विज्ञान (हेल्थ साइन्सेस) संकाय र मानविकी (ह्युमानिटी एण्ड सोसल साइन्सेस) संकायका डिनहरु रिक्त रहेको छन् ।

विद्यार्थीहरुले उपकुलपति नहुँदा अध्ययन, अध्यापन प्रभावित भएको, परीक्षा हुन नसकेको, परीक्षाफल प्रकाशनलगायतका कार्य समयमा हुन नसकेको पोखरा विश्वविद्यालय अन्र्तगत बिबिए दोश्रो बर्षमा अध्यनरत बिद्यार्थी नेता राजिव भण्डारीले जानकारी दिनुभयो ।

विश्वविद्यालयमा ४० हजार विद्यार्थीको शैक्षिक भविष्य अन्यौल गरेको विद्यार्थीको आरोप छ । सरकारले उपकुलपति र रजिष्टार नियुक्तिमा चासो नदिएको प्रति आक्रोश ब्यक्त गर्दै आफुहरुलाई ट्रान्सक्रिप्ट तथा सर्टिफिकेट निकाल्न समस्या परेको गुनासो बिद्यार्थीहरुको छ ।

उपकुलपति र रजिष्टार नियुक्तिमा ढिलाइ गरे नेबिसंघले यो बिरोध कार्यक्रमलाई अझ शसक्त बनाउने र जतिसक्दो छिटो रिक्त रहेको पदमा नियुक्त गर्न सरकारसँग नेविसंघको माग छ । पियुमा बिगत १० महिना देखि ९ वटा पद खाली रहेका छन जसका कारण बिद्यार्थीहरु अन्यौलमा बस्न बाध्य रहेका छन् ।