May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

भारतमा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड एकैदिन ५७ हजार संक्रमित

साउन १७, भारतमा कोरोना संक्रमितको संख्यामाएकैदिन ५७ हजार बढीमा कोरोना संक्रमण देखिएको छ । शनिबार यो समाचार तयार पार्दासम्म भारतमा ५७ हजार ७०४ जना संक्रमित भएका छन् । यो भारतमा एकैदिन संक्रमित हुनेको अहिलेसम्कै सर्वाधिक संख्या हो ।

यसअघि शुक्रबार पनि त्यहाँ ५४ हजार ९६६ जना संक्रमित थपिएका थिए । दुई दिनमा मात्रै भारतमा एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अहिलेसम्म १० लाख ९५ हजार ६४७ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६४ हजार ८५६ जनाको उपचार भइरहेको छ ।

Advertisement

भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।