March 23, 2024, Saturday
२०८० चैत्र १०, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा

साउन १७, जुम्ला जिल्लाका तिला नदी र्‍याफ्टिङ परिक्षणमा सफल भएको छ । र्‍याफ्टिङ परिक्षणमा सफल भएसँगै साउन एक गते देखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ  सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड टुरले जनाएको छ ।

अहिले लामो तथा छोटो दुरीको प्याकेज बनाएर र्‍याफ्टिङ चलिरहेको छ । र्‍याफ्टिङका लागि जुम्लामा दुई वटा बोट ल्याइएका छन् । अफ सिजनमा पनि तिला नदीमा र्‍याफ्टिङ चलाउन उपयुक्त रहेको हुनाले यो ब्यावसाय सञ्चालनमा ल्याएको हो, गो कर्णालीका सञ्चालक ललित महतले भन्नुभयो ।

Advertisement

उहाँका अनुसार ’र्‍याफ्टिङमा यात्रा गर्ने यात्रुलाई सुरक्षाका साधन प्रयोग गरिन्छ, एक दिनमा एक पटक र्‍याफ्टिङ चलिरहेको छ ।’ आन्तरिक तथा बाह्य पर्यटकको जुम्ला बजारमा बसाई लम्ब्याउने र साहसिक तथा जल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ तिला नदीमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको हो ।

छोटो प्याकेज अन्तर्गत दानसाँघु देखि श्रीढुस्कासम्मको प्याकेजका प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने छ । लामो प्याकेज दानसाँघु देखि राँका सम्म तोकिएको छ । ’फुल डे प्याकेज’ का लागि २० हजार रुपैयाँ तोकिएको छ ।र्‍याफ्टिङ पर्यटकहरूका लागि रैथाने खाना र नास्ताको व्यवस्था समेत गरिने र्‍याफ्टिङ सञ्चालकले जनाएको छ ।

र्‍याफ्टिङ मार्फत दानसाँघुबाट तातोपानीसम्म गएर तातोपानीमा नुहाउन पाइने व्यवस्था पनि मिलाइएको छ । पर्यटकलाई मार्सी चामलको भात, तिलामा पाइने असला माछाको समेत स्वाद् चाख्न पाउने छन् । र्‍याफ्टिङ चढ्दा तिलाको आसपासमा झुलेका मार्सी धान, स्याउ बगैंचा लगायतका सुन्दर दृश्य अवलोकन गर्न सकिने छ ।

सञ्चालक महतका अनुसार, गर्मी याममा कर्णालीमा र चिसोमा भेरी नदीमा र्‍याफ्टिङ व्यवसाय संचालन गरिने योजना रहेको छ । ’स्थानीय सरकार सँग समन्वय भएमा सिञ्जा क्षेत्रको हिमा नदी, पातारासी र गुठीचौरमा समेत संचालन गर्ने योजना रहेको छ ।’

हिमा नदिमा र्‍याफ्टिङमा रमाउदा निकै आनन्द आउर्ने याफ्टिङमा संगही जुल्ला जिल्लाका अन्य सुन्दर पर्यटकीय दृश्यको अवलोकान गर्न पाउदा थप आनन्द आउर्ने भएको हुँदा आजभोली आन्तरिक पर्यटकहरुको घुइँचो भीड लाग्र्ने गरेको छ ।