May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इङ्गल्याण्डका मुख्य कोरोना जोखिम क्षेत्रमा अझै दुई हप्ताकालागि लकडाउन कायम राख्ने

इङ्गल्याण्डका मुख्य कोरोना जोखिम क्षेत्रमा अझै दुई हप्ताकालागि लकडाउन कायम राख्ने

एजेन्सी – कोरोना सङ्क्रमितको संख्या बढेसँगै इङ्गल्याण्डमा लकडाउन खुकुलो पार्ने भनिएका क्षेत्रहरुमा फेरि लकडाउन कायम नै राख्ने भएको छ ।

खोल्ने भनिएका क्यासिनो र खेलस्थलहरु अझै दुई हप्ता बन्द गरिने भएको हो । प्रधानमन्त्री बोरिस जोनसनले अहिले ’साइकलमा ब्रेक लगाउनुपर्ने बेला आएको’ भन्दै सिनेमा हल लगायतका अरु लकडाउन खुकुलो पारिएको क्षेत्रमा पनि मास्क अनिवार्य लगाउनुपर्ने बताउनुभएको बीबीसीकाे खबरमा उल्लेख छ ।

Advertisement

प्रधानमन्त्रीले जोनसनले सङ्क्रमित बढे पनि यो हप्ता ज्यान जानेको सङ्ख्या कम भएको भन्दै भाइरस नियन्त्रणमा प्रयास गरिरहने बताउनुभयो । राष्ट्रिय तथ्याङ्क विभाग (ओएनस)ले जारी गरेको तथ्याङ्क अनुसार इङ्गल्यान्डमा एक हप्ता अगाडि प्रतिदिन ३ हजार २ सय जनामा सङ्क्रमण पुष्टि हुने गरेकोमा यो हप्ता प्रतिदिन झण्डै एक हजारले बढेर ४ हजार २ सय पुगेको छ ।