May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सभामुख सापकोटाको सुरक्षार्थमा खटिएका प्रहरीमा कोरोना पुष्टि

सभामुख सापकोटाको सुरक्षार्थमा खटिएका प्रहरीमा कोरोना पुष्टि

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समूहका एक सदस्यलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ।

सभामुखको सवारी हुँदा स्कटिङमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो। प्रहरी प्रधान कार्यालयमा संक्रमण परेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षणमा परेका ती सुरक्षाकर्मीको शुक्रबार पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताइएको छ।

Advertisement

सुरक्षाकर्मीको एकजना सदस्यमा संक्रमण देखिएपछि सभामुख सापकोटा,उनका परिवारका सदस्य र उनीसँग जोडिएका सबैखाले कर्मचारीको परीक्षण गरिएको छ।  स्रोतका अनुसार ती सुरक्षाकर्मी साउन ६ गतेयता सभामुखको स्कटिङमा नआएर हेटक्वार्टरमा बसिरहेको बताइए पनि हाल सभामुखको निवासका केही कर्मचारीको परीक्षणको लागि स्वाब संकलन गरिएको छ।

त्यसको रिपोर्ट आजै बेलुकीसम्ममा आउने बताइएको छ।