April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रक्सीको तलतल मेटाउन स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु

रक्सीको तलतल मेटाउन स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा रक्सीको तलतल मेटाउन स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु भएको छ।

केही दिनदेखि उनीहरूले पानी र चिसो पेय पदार्थ मिलाएर स्यानिटाइजर सेवन गरेका थिए।​ प्रकाशम जिल्लाका एक प्रहरी अधिकारीले भने,’ हामीले अनुसन्धान गरिरहेका छौ। तिनीहरुले कहाँबाट स्यानिटाइजर ल्याएर कसरी मिलाएर सेवन गरे।’

Advertisement

प्रहरीका अनुसार उनीहरूले दश दिनदेखि स्यानिटाइजर सेवन गरिरहेका थिए। ‘स्टक रहेको स्यानिटाइजर पठाउँदैछौँ, परीक्षणको लागि जुन इलाकामा बिक्री भइरहेको छ, जाँचको लागि,’ ती प्रहरी अधिकारीले भने।

त्यस क्षेत्र कोरोना भाइरसको कारणले लकडाउनमा छ। केही दिनदेखि अल्कोहल पाइने सबै पसल बन्द छन्।​