May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेकपा विवाद: ‘कि पार्टी फुट्नुपर्छ कि विवाद मिल्नुपर्छ’

नेकपा विवाद: ‘कि पार्टी फुट्नुपर्छ कि विवाद मिल्नुपर्छ’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिँदै जाँदा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सम्बन्ध संवादहीन अवस्थामा पुगेको छ। अब कि पार्टी फुट्नुपर्छ कि विवाद मिल्नुपर्छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली दुवै पद नछाड्ने मुडमा छन् । बरु आवश्यकता परे जस्तोसुकै कदमका लागि तयार रहेको सन्देश उनले दिइसकेका छन् । त्यो ‘जस्तोसुकै’ कदम भनेको पार्टी फुटाउने नै हो ।

Advertisement

प्रचण्ड-माधव नेपाल समूह भन्छन् ‘अहिलेसम्म हामी पार्टी नफुटोस् भनेर हदसम्मको लचिलो भयौं । तर उताबाट पेल्नेबाहेक काम भएन । यसरी विजातीय तत्वहरु सँगै रहेर न पार्टीलाई फाइदा हुन्छ, न देशलाई,’ दाहाल-नेपाल समूहका एक नेताले भने ।

उनले अगाडि थपे, ‘सम्झौताको सम्भावना सकिएको छ । ओलीजीले पनि अर्का अध्यक्ष प्रचण्डजीलाई हामी आ-आफ्नो तयारी गरौं, धेरै अलमल नगरौैं भन्ने सन्देश दिइसक्नुभएको मैले थाहा पाएको छु ।’

दाहाल-नेपाल समूहले केही निर्णय गर्नासाथ रातारात दल विभाजन गर्ने तयारी अवस्थामा रहेको छ । यसको लागि बालुवाटारका लागि अप्ठेरो पार्टीको नाम ‘एमाले’ र चुनाव चिन्ह ‘सूर्य’ पाउन रहेको छ ।

पार्टीको नाम एमाले नै लिनुपर्ने र चुनाव चिन्ह सूर्य नै लिनुपर्ने अवस्था अन्तरविरोधी छ । बहुमत समूहलाई चुनाव चिन्ह सूर्य दिने प्रावधान बनाउँदा पार्टीको नाम चाहिँ नेकपा नै लिने कि नलिने ? यसबारे भएको छलफलमा पछि पार्टीको नाम फेर्ने वा आयोगमा दर्ता भएको दलसँग एकता गर्ने विधि अपनाइनेबारे छलफल भएको छ ।