May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

चेल्सी २-१ ले पराजित हुंदा एफए कपको उपाधि अर्सनललाई

साउन १८, आर्सनलले एफए कपको उपाधि कब्जा गरेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई २-१ ले हराउदै उपाधि कब्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो ।

उसले खेलको पाँचौ मिनेटमा नै गोल गरेको थियो । चेल्सीका खेलाडी क्रिस्टियन पुलिसिकले सुरुवाती गोल गरेर अग्रता दिलाएका थिए । तर खेलको २८ औं मिनेटमा आर्सनलका पियरे एम्रिक औबमेयाङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

Advertisement

उनले पेनाल्टी मार्फत गोल गरेका थिए । सिसर अज्पिलिक्विटाले फउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो । त्यसपछि दुवै टिमले गोल गर्न नसकेपछि पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफपछिकाे खेलको ६७ औं मिनेटमा औबमेयाङले निकोलस पुन: दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलको पुरा समय चेल्सीले अर्को गोल गर्न सकेको थिएन । औबमेयाङले निकोलसको दोस्रो गोल नै आसर्नलकाे जितका लागि पर्याप्त बन्यो । योसँगै आर्सनल १४ औं पटक एफए कपको च्याम्पीयन बनेको छ