May 10, 2024, Friday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्ड झलनाथ खनाललाई लिएर बालुवाटार पुगे,सुवास नेम्वाङ पनि सहभागी

ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्ड झलनाथ खनाललाई लिएर बालुवाटार पुगे,सुवास नेम्वाङ पनि सहभागी

साउन १८,  साउन १३ को बैठक स्थगन र प्रचण्डको अध्यक्षतामा अलग्गै बैठक बसेपछि उत्पन्न गतिरोध हटाउन नेकपाका दुई अध्यक्षबीच ६ दिन पछि संवाद शुरु भएको छ । ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्ड आइतवार बरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री निवासमा भएको दुई अध्यक्षबीचको संवादमा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् । प्रचण्ड यसअघि पूर्व माओवादीका नेतालाई लिएर वार्तामा जाने गरेकामा पूर्व एमालेभित्रको समेत एउटा समूहको नेतृत्व गरेको देखाउन झलनाथलाई पनि लगेका हुन् ।

Advertisement

साउन १३ गते निर्धारित स्थायी समिति बैठक पहिलो बरियताका अध्यक्ष केपी ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि नेकपा विवाद नयाँ मोडमा पुगेको थियो । सोही दिन प्रचण्डको अध्यक्षमा प्रचण्ड माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो ।

सो बैठकले अर्का अध्यक्ष ओलीसँग संवाद गरी बैठकको नयाँ मिति तय गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । यसबीचमा दुई अध्यक्षबीच संवाद गराउन महासचिव विष्णु पौडेलले खुमलटार र बालुवाटार ओहोरदोहोर गरेका थिए । प्रचण्ड ओलीले प्रधानमन्त्री पद छाड्नुपर्ने अडानमा छन् भने ओली दुवै पद नछाड्ने अडानमा छन् ।