May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अन्ततः बन्दभयो आरडीटी परिक्षण

साउन १८,। सरकारले कोरोना संक्रमण परीक्षणको लागि प्रयोग गर्दै आएको आरडीटी परीक्षण विधि देशभर बन्द गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सरकारले आरडीटी परीक्षण नगर्न प्रदेश सरकार, स्थानीय सरकार र देशभरका अस्पतालहरुलाई सूचना जारी गरेको छ ।

Advertisement

सरकारको साउन १४ गतेको निर्णय सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अबदेखि कुनै पनि स्वास्थ्य सम्बन्धी निकायबाट आरडीटी परीक्षण नहुने बताउनुभयो ।

आरडीटी परीक्षणलाई लिएर व्यापक विरोध भइरहेको लामो समयपछि सरकारले यो निर्णय गरेको हो ।