April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

ओली–प्रचण्डबीच वार्ता सम्पन्न, स्थायी कमिटी अनिश्चित

साउन १८, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार करिव तीन घण्टा छलफल भएको छ ।

साउन १३ को ओलीले एकपक्षीय रुपमा बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्यहरुसहित स्थायी कमिटी बैठक राखेको ६ दिनपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो ।

Advertisement

प्रचण्ड वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका थिए भने ओलीले संसदीय दलका उपनेता सुवास नेम्वालाई सहभागी गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै अध्यक्ष आ-आफ्ना अडानमा कायमै रहेकाले ठोस सहमति नभएको स्रोतले जनाएको छ । नेताहरु सोमबार पुनः छलफलमा बस्ने गरी उठेका छन् ।

प्रचण्डको अध्यक्षमा बसेको स्थायी कमिटी बैठकले अर्का अध्यक्ष ओलीसँग सम्वाद गरी बैठकको नयाँ मिति तय गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । यसबीचमा प्रचण्डले महासचिव बिष्णु पौडेलललाई बोलाएर सहमतिका केही विकल्पहरु समेत अघि सारेका थिए ।

तर ओलीले एकतर्फी रुपमा स्थगन गरेको स्थायी कमिटी बैठक पुनः सुचारु गर्नेबारे पनि सहमति बन्न सकेन ।

नेकपा स्रोतका अनुसार पार्टीभित्रका मध्यमार्गी नेताहरुले दुवै अध्यक्षबीच समझादरीको प्रयास गरेका छन् । दुई अध्यक्षबीच समझदारी भएपछि मात्र बैठकको मिति तोकिने बालुवाटार स्रोतले जनाएको छ ।