May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- पर्सामा पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ६१ जना पुरूष र १२ जना महिलामा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

Advertisement

आइतबार राति संक्रमण पुष्टि भएकाहरू १० देखि ७३ वर्ष उमेर समूहका छन् ।

उनीहरू मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका छन् । मास  ट्रेसिङमा पीसीआर परीक्षण गराएका २६ जना, एक घर एक परिक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जनामा संक्रमण देखिएको हो ।