May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विश्वकप छनोट खेलका लागि अभ्यास खेल खेल्ने खेलाडीको पीसीआर गरिने

विश्वकप छनोट खेलका लागि अभ्यास खेल खेल्ने खेलाडीको पीसीआर गरिने

साउन १९, विश्वकप छनोट खेलका लागि अभ्यास थाल्नुपूर्व अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ । आउने २३ गते एन्फाले खेलाडीको परीक्षण गर्ने भएको हो ।

राष्ट्रिय टिमसँग प्रत्यक्ष संलग्न रहने सबैको परीक्षण हुँदैछ । उनीहरुकाे पाटन अस्पतालमा परीक्षण गरिनेछ ।

Advertisement

त्यसका लागि अखिल नेपाल फुटबल सङ्घले ७० वटा परीक्षण गर्ने अनुमति पाइसकेको छ । पहिलो चरणमा उपत्यका बाहिरबाट आएका खेलाडीको परीक्षण हुनेछ । दोस्रो चरणमा काठमाण्डाैमा बस्दै आएका तथा विभागीय टिमका खेलाडीको परीक्षण हुनेछ । 

त्यसपछि खेलाडीसँग प्रत्यक्ष सम्बन्ध राख्ने ग्राउण्ड तथा होस्टल कर्मचारीको परीक्षण हुनेछ । विश्वकप छनोट प्रतियोगिताका खेल खेलाउन एसियाली फुटबल महासङ्घले प्रस्ताव गरेको मिति पारित भएमा खेल सुरु हुन दुई महिनाको समय बाँकी छ ।