May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘कोरोनाका बाट कोही पनि सुरक्षित छैन,प्रदेश १ का मुख्य न्यायाधिवक्तामा कारोना संक्रमण

‘कोरोनाका बाट कोही पनि सुरक्षित छैन,प्रदेश १ का मुख्य न्यायाधिवक्तामा कारोना संक्रमण

साउन १९, प्रदेश १ का मुख्य न्यायाधिवक्तामा कारोना संक्रमण पुष्टि भएको छ । प्रदेशमै उच्च ओहोदाकालाई संक्रमण भएको यो पहिलो घटना हो ।  विराटनगर महानगरपालिका-५ घर भएका उनीसहित परिवारका तीन सदस्यको रिपोर्ट पनि पोजिटिभ आएको छ । संक्रमित हुनेमा उनका छोरा र श्रीमती हुन् । कोरोनासँग मिल्ने केही लक्षण देखिएपछि परीक्षणका लागि उनीसहित तीनैजनाको स्वाब आइतबार संकलन गरिएको थियो । 

एक साताअघि उनलाई केही दिन ज्वरो आएको थियो । ‘ज्वरो आएपछि औषधि खाएर ठीक भइसकेको थिएँ, उनले भने, ‘शंका लागेर परीक्षण गराउँदा कोरोना पुष्टि भयो ।’

Advertisement

केही समयदेखि कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित नभइकन उनी घरमै बसिरहेका थिए । संक्रमित तीनैजनालाई आइसोलेसमा भर्ना गर्ने तयारी भइरहेको जनाइएको छ ।

मुख्य न्यायाधिवक्तामा भएको संक्रमणको स्रोत खुल्न नसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । ‘कुनै ट्राभल हिस्ट्रीनै नभएका उनमा कोरोना देखियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘जसले समुदायस्तरमा संक्रमण फैलिएको पुष्टि गर्छ ।’

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले संक्रमणको पछिल्लो घटनाले उच्च ओहोदामा रहेकाहरु पनि सुरक्षित छैनन् भन्ने पुष्टि गरेको बताए । 

‘कोरोनाका कारण कोही पनि सुरक्षित छैनन् भन्ने पुष्टि पछिल्ला संक्रमणका घटनाबाट भइरहेको छ, ‘उनले भने, ‘त्यही भएर सबैले कुनै खाले लापरबाही नगरिकन विशेष सावधानी अपनाउनुको विकल्प छैन।’

विराटनगरमा मुख्य न्यायाधीवक्ताको कार्यालय प्रदेशको हुलाक निर्देशनालयको भवनमा छ । भवनको तल्लो तलाबाट हुलाक र माथिल्लो तलाबाट मुख्य न्यायाधीवक्ताको कार्यालयको काम हुँदै आएको छ । 

मुख्य न्यायाधीवक्तालाई कोरोना देखिएपछि हुलाकका कर्मचारी त्रसित बनेका छन् । स्वाब संकलन गरेर उनीहरुलाई पनि कोभिड-१९ को दायरामा ल्याउनु पर्ने माग उठिरहेको छ ।