April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सात प्रहरीसहित १५ जनामा कोरोना संक्रमण  पुष्टी

सात प्रहरीसहित १५ जनामा कोरोना संक्रमण पुष्टी

साउन १९, कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिइरहेको विराटनगर महानगरपालिकामा सात प्रहरीसहित १५ जनाको रिपोर्ट पोजिटिभ आएको छ। प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकृतसहित सात जना प्रहरीमा कोरोना देखिएको हो। 

संक्रमित हुने प्रहरीमा ४२, ४१, ३७, ३५, ३३, २५ र २४ वर्षका पुरुष रहेका छन्। कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणपछि उनीहरुको रिपोर्ट आइतबारराति पोजिटिभ आएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। 

Advertisement

संक्रमित अन्यमा विराटनगर महानगरपालिका–७ का चार जना र विराटनगर–६ एक जना रहेका छन्। संक्रमितमध्ये ७ नम्बर वडाका ३० र ३६ वर्षीया महिला तथा २५ र ४५ वर्षका पुरुष छन्। ६ नम्बर वडाका संक्रमित २४ वर्षीय पुरुष हुन्।

कोशी अस्पतालमा कार्यरत दुई कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख कार्कीले बताए। संक्रमित मध्ये एक जना पुरुष मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकीसिनवारीका बासिन्दा हुन्। हालसम्म विराटनगरमा एक सय ३५ जनामा संक्रमण पुष्टि भइसकेको महानगरले जनाएको छ।