May 8, 2024, Wednesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सत्याग्रही ईः अस्पताल भर्ना

सत्याग्रही ईः अस्पताल भर्ना

साउन १९, सत्याग्रहको सत्रौं दिनमा इनफ इज इनफ अभियानका सत्याग्रही ईः अस्पताल भर्ना भएका छन् । सोमबार उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको हो । अभियन्ता ई: कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने, पीसीआर परीक्षण बढाउनु पर्ने, सरकारले आफूहरुसँग गरेको पूर्वसहमति कार्यान्वयन हुनुपर्ने लगायत माग राखी सत्याग्रह बसेका हुन् ।

अनसनको १७ दिनसम्म पनि सरकारको तर्फबाट उनको माग सम्वोधन गर्ने काम र वार्ताका चासो नदेखाइएको विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले बताए ।

Advertisement

यसअघि अनसन बसेका अभियन्ताहरुसँग सरकारले असार २३ गते माग सम्वोधन गर्ने लिखित प्रतिबद्धता जनाएको थियो । तर ती माग पूरा गर्ने प्रयास नभएको भन्दै ईः लगायतका अभियन्ता फेरि अनसन बसेका थिए । यसअघि अनसन बस्दा उपचारका लागि अस्पताल भर्ना भएका ईः र पुकार बमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका थिए ।