May 9, 2024, Thursday
२०८१ बैशाख २७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काडठमाण्डौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीमा गरिएको कोरोना परीक्षणमा १५ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ ।

स्वाब संकलन गरिएका १ सय ८२ जनामध्ये १५ जनामा संक्रमण देखिएको हो । आइतबार स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि अख्तियारका कर्मचारीको स्वाब संकलन गरेको थियो । संक्रमण देखिएका १५ जनामध्ये पनि सुरक्षाकर्मीको संख्या धेरै रहेको आयोगले बताएको छ ।

Advertisement

अख्तियारबाट प्रहरी प्रधान कार्यालयमा सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियार कार्यालयका कर्मचारीमा कोरोना परीक्षण गरिएको थियो ।

महाशाखाका अनुसार आज प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गरिने भएको छ ।