April 28, 2024, Sunday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आसेपासे भर्तीकेन्द्र भयो लगानी बोर्ड:बाबुराम भट्टराई

आसेपासे भर्तीकेन्द्र भयो लगानी बोर्ड:बाबुराम भट्टराई

साउन २०, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं लगानी बोर्डका परिकल्पनाकार डा. बाबुराम भट्टराईले ओली सरकार समाजवादको बाटो छाडेर आसेपासे पुँजीवाद विकृत बाटोतिर लागेको बताएका छन् ।

आफूले सिंगापुरको अभ्यासलाई हेरेर लगानी बोर्डको परिकल्पना गरेको तर, बोर्ड आफूले सोचेजस्तो नबनेको डा. भट्टराईको प्रतिक्रिया छ ।

Advertisement

ऐनले नै बोर्डलाई कमजोर बनाएको अवस्थामा पछिल्लो समयमा कमिसनखोरहरुको हालीमुहाली हुन थालेको उनको गुनासो छ ।

बिचौलियाको भूमिकामा रहेका सुशील भट्टलाई सरकारले सोमबार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाएको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, ‘आसेपासे पुँजीवादका अगुवालाई लगानी बोर्डमा राख्ने काम भयो । यो लगानी बोर्डसम्बन्धी अवधारणाको विकृतीकरण र भ्रष्टीकरणको चरम नमूना हो ।’