May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेकपा विवाद : समाधान खोज्न ओली प्रचन्ड बिच छलफल जारी

नेकपा विवाद : समाधान खोज्न ओली प्रचन्ड बिच छलफल जारी

साउन २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि बालुवाटारमा छलफल जारी छ ।

पछिल्लो समय पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि साँझ ५ बजेदेखि छलफल भइरहेको हो । छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्छ ।

Advertisement

बालुवाटार जानु अगाडि अध्यक्ष दाहालले उपाध्यक्ष वामदेव गौतमसँग भैंसेपाटीमा छलफल गर्नुभएको थियो । छलफलमा सहभागी चार नेताबीच आइतबार र सोमबार पनि बालुवाटारमा छलफल भएको थियो ।

पछिल्लो समय नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा माग भएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो ।