April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बस्नेतको निधनप्रति काँग्रेस संसदीय दलको दुःख व्यक्त

बस्नेतको निधनप्रति काँग्रेस संसदीय दलको दुःख व्यक्त

नेपाली काँग्रेस संसदीय दलले पूर्वमन्त्री एवं काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ । बस्नेतको ८४ वर्षको उमेरमा गए राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिनुभएका स्व बस्नेतले आफ्ना सन्ततिलाई सदैव देश, लोकतन्त्र र आमनागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आउनुभएको उल्लेख गर्नुभएको छ ।

Advertisement

बस्नेतको निधनले काँग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै संसदीय दलले स्व बस्नेतप्रति श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।