May 8, 2026, Friday
२०८३ बैशाख २५, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण

उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण

काठमाडौं- काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

Advertisement

भक्तपुरका ८ जना , काठमाडौंका ८८ जना, ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो।

यस्तै शुक्रबार अनुसार पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार माथि पुगेको छ। प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार तीन सय ३० रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन्।