June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सोलुखुम्बुको ‘चोकर्मा’ हिमताल फुट्यो, सोलु खोलामा ‘उर्लियो’ बाढी

सोलुखुम्बुको ‘चोकर्मा’ हिमताल फुट्यो, सोलु खोलामा ‘उर्लियो’ बाढी

काठमाडौँ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १ र २ को सीमानामा रहेको चोकर्मा हिमताल फुटेको छ।

चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा शुक्रबारदेखि बाढी आएको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए।

Advertisement

अस्तिदेखि सोलु खोलामा लेदोसहितको बाढी आयो, एउटा चौँरी गोठ पनि बाढीले बगायो। पछि बुझ्दै जाँदा चोकर्मा हिमताल फुटेको पाइयो’, मेयर शेर्पाले खबरहबसँग भने ।

तालको एक छेउ मात्र फुटेकाले पानी आंशिक बग्दा खासै क्षति हुन नपाएको तर त्रास भने बढेको उनले बताए ।

पाँच हजारभन्दा बढीको उचाइमा रहेको चोकर्मा तालको सबै पानी बाहिरिए सोलु खोलामा ठूलो बाढी आउने र त्यसले धेरै जनधनको क्षति हुन सक्ने उनको भनाई बताए।

‘आज मसहित प्रदेश सांसद् र सुरक्षाकर्मीको टोली तालको अवलोकनमा जाने तयारी गरेका छौँ । हेलिकप्टर पनि तयारी अवस्थामा छ तर, मौसम राम्रो नभएकाले रोकिएका छौँ । मौसम सफा भए हामी त्यहाँ पुग्छौ,’ मेयर शेर्पाले भने ।