June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुदूरपश्चिमका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा – सुदूरपश्चिमका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १०५ नमुना परीक्षण गरिएको १२ जनाको रिपोर्ट पोजेटिभ र ९३ जनाको नेगेटिभ आएको अस्पतालले जनाएको छ।

आइतबार डोटीका ८, डडेल्धुराका ३ र बैतडीका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इञ्चार्ज इश्वरीप्रसाद भुषालले जानकारी दिए। उनका अनुसार डोटीको जोरायल गाउँपालिकाका २६ र ३६ वर्षीय पुरुष तथा २ वर्षीया बालिका र २० वर्षीय महिलामा कोरोना संक्रमण देखिएको छ।

Advertisement

डोटीकै केआइसिंह गाउँपालिकाका २१, २४, ३० र ४८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ८ वर्षीय बालक, २६ वर्षीय पुरुष र ४० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको प्रयोगशाला इञ्चार्ज भुषालले जानकारी दिए। उनका अनुसार बैतडीको पाटन नगरपालिका–३ का ११ वर्षीय बालिकामा पनि संक्रमण देखिएको छ।