April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फूटबल टोलीका खेलाडी र कर्मचारीको आजबाट कोरोना परीक्षण हुदैँ

फूटबल टोलीका खेलाडी र कर्मचारीको आजबाट कोरोना परीक्षण हुदैँ

काठमााडौं –  फिफा विश्वकप छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहने राष्ट्रिय फूटबल टोलीका खेलाडी तथा कर्मचारीको आजदेखि कोरोना परीक्षण हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षणमा बोलाएका खेलाडी र कर्मचारीको कोरोना परीक्षण गर्ने भएको हो। एन्फाले विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको तयारीका लागि शुरु गर्न लागिएको बन्द प्रशिक्षणमा सामेल हुने खेलाडी र कर्मचारीमा परीक्षण गर्ने जनाएको छ।  खेलाडीसँगै कोचिङ स्टाफ, टिम अफिसियल, होस्टेल स्टाफ परीक्षण गर्न लागिएको एन्फाले जनाएको छ।  ब

Advertisement

न्द प्रशिक्षणका लागि ३४ खेलाडीलाई बोलाइएकोमा परीक्षणको रिपोर्ट आएपछि मात्र खेलाडीलाई होस्टेलमा राखिनेछ। टोलीका मुख्य प्रशिक्षक योहान कालिन हाल नेपालमा नरहेको कारण तत्कालका लागि सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षणको जिम्मेवारी पाएका छन्।

एन्फाले गत साता मात्र राष्ट्रिय टोलीका पूर्व गोलरक्षक विकास मल्ललाई गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरेको थियो।