April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘यो सरकार रहुञ्जेल धेरै आश गर्ने ठाउँ छैन’: कांग्रेस

‘यो सरकार रहुञ्जेल धेरै आश गर्ने ठाउँ छैन’: कांग्रेस

काठमाडाैं – नेपाली कांग्रेसले कोरोना नियन्त्रण गर्न र जनताप्रतिको दायित्व पुरा गर्न केपी ओली नेतृत्वको सरकारले नसकेको आरोप लगाएको छ। 

कांग्रेसको कोभिड-१९ सम्बन्धी अनुगमन समितिको छलफलमा संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्री गैरजिम्मेवार भएकोले समस्या आएको बताएका हुन्।  ‘यो सरकारले  केही गर्ला र बाँचौँला भनेर सोच्‍ने अवस्था रहेन,’ उनले भने, ‘अब आफ्नो सुरक्षा आफैं गर्नुपर्ने भयो। सरकार लाचार भयो,’  महतले भनेका छन्। 

Advertisement

‘यो सरकार रहुञ्जेल धेरै आश गर्ने ठाउँ छैन,’ उनले भने, ‘देशलाई इमान्दार र सशक्त नेतृत्व चाहिएको तर, अहिलेको सरकारमा रहेकाहरु इमान्दार नै भएनन्। सरकारी स्रोत र साधनको दुरुपयोग बाहेक केही गरेनन्।’ 

कांग्रेसले अनिवार्य मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, नियमित साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, अत्यावश्यक काम बाहेक बाहिर नहिँड्न पनि सबैलाई आग्रह गरे।