April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
त्रिवि उपकुलपति कार्यालय  र रजिस्ट्रारको कार्यालय तोडफोड

त्रिवि उपकुलपति कार्यालय र रजिस्ट्रारको कार्यालय तोडफोड

काठमाडाैं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्।काठमाण्डौँकाठमाडाैं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्।

मंगलबार परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा उत्रिएका हुन्। उनीहरुले उपकुलपति र रजिस्ट्रारको कार्यालयमा तोडफोड गरेका हुन्। नेवि संघले मंगलबार शैक्षिक क्यालेन्डर फाइनल गर्ने लगायत मागबारे त्रिवि पदाधिकारीसँग बुझ्‍न जाँदा प्रहरी ल्याई बल प्रयोग गरेपछि विद्यार्थी नेताले सामान्य तोडफोड गरेको  नेवि संघका अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए।  

Advertisement

उनका अनुसार पठनपाठनको लागि  शैक्षिक क्यालेन्डर फाइनल गर्नेबारे माग राख्न विद्यार्थी त्रिविमा पुगेका थिए। ‘हाम्रा विद्यार्थी साथीहरु शैक्षिक क्यालेन्डरको लागि पदाधिकारीसँग बुझ्न गएका थिए,’ उनले भने,‘त्रिवि प्रशासनले प्रहरी ल्याई बल प्रयोग गर्न लगाउँदा सामान्य घट्ना भएको हो। प्रहरीले विद्यार्थीलाई फर्काउन खोजेपछि विवाद सुरु भयो।’ त्रिविका तीन कार्यालय र उपकुलपतिको कार्यालयको गाडीमा ढुंगा हानेर तोडफोड गरेको बताइएको छ। नेविसंघले यसअघि उपकुलपति कार्यालय लगायतमा ताला लगाएको थियो।