April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बाँकेमा थप २६ जनालाई कोरोना पुष्टि

बाँकेमा थप २६ जनालाई कोरोना पुष्टि

बाँके – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका एक डाक्टरसहित बाँकेमा मंगलबार थप २६ जनामा कोरोना पुष्टि भएको छ।

भेरी अस्पताल नेपालगन्जको पिसिआर ल्याबमा गरिएको परीक्षणमा शिक्षण अस्पतालका पाँच जना कर्मचारीमा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सनसमेत रहेका उपनिर्देशक डा. दिनेश श्रेष्ठका अनुसार एमबीबीएस उत्तीर्ण गरी इन्टर्नमा रहेका डाक्टरलाई कोरोना भएको हो। अन्य चारजना भने अस्पतालको विभिन्न विभागमा काम गर्ने कर्मचारी रहेको उनले बताए।

Advertisement

भेरी अस्पतालमा मंगलबार कोरोना पुष्टि भएका ५९ जनामध्ये दाङको नेपाली सेनाको फिएबाट संकलित स्थायी ठेगाना विभिन्न जिल्ला भएका २९, दाङ जिल्लाका अन्य तीन र १ जना अछामका पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

कन्ट्रयाक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षण गर्दा नेपालगन्जका २१ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।