May 14, 2026, Thursday
२०८३ बैशाख ३१, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सांसद यादव कोरोना जित्न सफल

सांसद यादव कोरोना जित्न सफल

जनकपुरधाम – जनता समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले कोरोनालाई जितेका छन् ।

उनले आज फेसबुकमार्फत आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्।  उनले घरभित्र आइसोलेट भई अनुशासित भएर सुरक्षित बसी कोरोनालाई जितेको उल्लेख गरेका छन्। डाक्टरले दिएको सुझावअनुसार चलेकाले कोरोनालाई जित्न सफल भएको उनले लेखेका छन्।

Advertisement

 ‘डाक्टरको सल्लाह र निर्देशनबमोजिम अझै सात दिनसम्म आइसोलेट भएर बस्नुपर्ने भएको हुनाले म घरमै होम आइसोलेसनमा रहन्छु’, उनको फेसबुकमा लेखेका छन्।