April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिए

काठमाण्डौँ – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ।

मंगलबार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

Advertisement

पछिल्लो २४ घन्टामा १७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना भाइरसमुक्त हुनेको संख्या १६६६४ पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए।

देशभर ६३८ जनामा कोरोना संक्रमण भेटिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या २३,९४८ पुगेको छ।