May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चर्चित उर्दू शायर राहत इन्दौरीको निधन

चर्चित उर्दू शायर राहत इन्दौरीको निधन

साउन २८, काठमाण्डाै – चर्चित भारतीय उर्दू शायर तथा हिन्दी चलचित्रका गीतकार राहत इन्दौरीको निधन भएको छ । 

मङ्गलबार बिहान उनले ट्वीट गर्दै आफू कोरोना सङ्क्रमित भएको जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘कोभिडको सुरुवाती लक्षण देखिएपछि हिजो मेरो कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । अरबिन्दो हस्पिटलमा भर्ना भएको छु, प्रार्थना गर्नुस्, चाँडो भन्दा चाँडो यो रोगलाई हराउन सकुँ ।’  

Advertisement

भोपालका स्थानीय पत्रकार शुरैह नियाजीका अनुसार हृदयाघातका कारण इन्दौरीको निधन भएको हो । उनलाई कोरोना र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । 

राहत इन्दौरीको उमेर ७० वर्षको थियो । उनको जन्म सन् १९५० जनवरी १ मा भएको थियो ।