April 12, 2026, Sunday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जब ह्वाइट हाउस अगाडि गोली चल्यो

जब ह्वाइट हाउस अगाडि गोली चल्यो

साउन २८, सोमबार ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित ब्रिफिङका क्रममा थिए। ब्रिफिङकै बीचमा गोली चलेको आवाज आयो।  उनी रोकिएर केहीबेर सुने। सुरक्षा गार्डले कानमा केही भने। त्यसपछि बाहिरिए।

केही मिनेटपछि ह्वाइट हाउसको बाहिर सुरक्षाका लागि गोली चलाइएको भन्दै केही मिनेटपछि उनी ब्रिफिङ कक्षमा पुनः फर्किए। ‘ह्वाइट हाउसको बाहिर गोली चलेको थियो’, ब्रिफिङ कक्षमा फर्किएपछि उनले भने, ‘अहिले सबै नियन्त्रित र ठिक देखिन्छ।’ त्यस्तै उनले सधैँ ‘तुरुन्त’ र ‘प्रभावकारी’ प्रतिक्रिया दिने सेक्रेट सर्भिसलाई धन्यवाद दिए।

Advertisement

घटनाको केही समयपछि सेक्रेट सर्भिसले ट्वीटर मार्फत् एक अधिकारी गोली काण्डमा संलग्न रहेको जानकारी दियो। साथै त्यसबारे अनुसन्धान चलिरहेको पनि जानकारी दियो।

गोली चल्दा दुई जना पुरुष घाइते भएको र दुवैलाई अस्पताल लगिए बताइएको छ। ती पुरुष निशस्त्र रहेको स्रोतलाई उल्लेख गर्दै सीएनएनले जनाएको छ।

उक्त गोली एक बन्दुकधारीले ह्वाइट हाउसको नजिकै चलाएको र उनलाई समातिसकेको अधिकारीले बताएका छन्।