May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मुटु अहिले एक चोक्टो मासुमात्र भयो -विष्णुविभु घिमिरे

मुटु अहिले एक चोक्टो मासुमात्र भयो -विष्णुविभु घिमिरे

मुटु अहिले एक चोक्टो मासुमात्र भयो

विष्णुविभु घिमिरे

Advertisement

यतिबेला समय
फूलमा होइन काँडामा छ
विश्वास अहिले
भुइँमा होइन डाँडामा छ
बाँच्नुको स्वाद रित्तिएर
उमङ्गका संवेगहरू सिध्दिएर
बाँच्नुको नाउँमा
बाँचीरहेका छौं हामीहरू !

उही खुट्टा हुन्
उही हात हुन्
उही नाक, कान र आँखा हुन्
उही टाउको, मुख र अनुहार हुन्
सबै उही उस्तै दुरुस्तै छन्
फगत यसभित्रको मानिस हराएको छ
ऊ नभएपछि
ऊ नरहेपछि
अचेल मानिसहरूका नाउँमा
मानिसहरूलाई झुक्याएर
यो शरीरमात्र हिँडिरहेछ !
मानिसभित्रको मानिस थाहै नदिई
फुत्त निस्केर गएदेखि
छाती मासु र करङमात्र भएको छ
मुटु एक चोक्टो मासुमात्र भएको छ ।