May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ढुक्क हुनहोस्, सरकार तपाईको साथमा छः प्रधानमन्त्री ओली

ढुक्क हुनहोस्, सरकार तपाईको साथमा छः प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिगो विकास लक्ष्य हासिल गरेको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले युवा बाध्यताले रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था केही वर्षमै अन्त्य हुने बताएका छन् ।

‘हाल २६ लाख युवा रोजगारी खोज्दै मुलुकबाहिर गएका छन् । ३ करोडभन्दा केही कम जनसंख्या भएको देशमा देश निर्माण गर्नुपर्ने २६ लाख जनशक्ति बाहिर जानु अवश्य नै खुसीको कुरा होइन । त्यसकारण यस दिशामा हामीले ठोस प्रयासहरू गरिरहेका छौं । हामी केही वर्षभित्रै रोजगारीका लागि, छनोटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो,’ उनले भने, ‘बाध्यताको हिसाबले बाहिर जाने कुराको अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ । म युवाहरूलाई आश्वस्त पार्न चाहन्छु कि, तपाईंहरू अगाडि बढ्नुस् । सरकार तपाईंहरूको साथमा छ ।’

Advertisement

युवाहरूको अभिभावकत्व, साथ–सहयोग, अवसर उपलब्ध गराउन सरकार दत्तचित्त रहेको भन्दै प्रधानमन्त्रीले सामाजिक जागरण र नीति–निर्माणका क्षेत्रमा सबैको समानुपातिक प्रतिनिधित्व रहेको भन्दै खुसी व्यक्त गरे ।

‘बालबालिकाको नीति निर्माणमा सहभागिता हुने भएन । उत्पादनमा सहभागिता हुने भएन । उनीहरू भविष्यका कर्णाधार हुन् । उनीहरूलाई सक्षम बनाउनुपर्छ ।

प्रधानमन्त्री ओलीले नेपाल प्राकृति सम्पदा, स्रोत–सामर्थ्यका हिसाबले अद्भूत र जीवनमय रहेको बताउँदै पछाडि रहन, गरिब हुन मिल्ने देश नै नभएको बताए ।

‘म चाहन्छु हाम्रा देशका युवाहरूले रोजगारीको खोजी गर्दै या जीवनको खोजी गर्दै अन्यत्र जानु नपरोस् । हाम्रोजस्तो देश, जो विद्वान् र बहादुर पुस्ताका सन्तान भएको देश हो । जुन देश प्राकृतिक हिसाबले अत्यन्त सुन्दर छ ।