May 10, 2026, Sunday
२०८३ बैशाख २७, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काँग्रेस महामन्त्री कोइरालाले भने,- कोरोना महामारीलाई अवसरका रुपमा विकास गरौं

काँग्रेस महामन्त्री कोइरालाले भने,- कोरोना महामारीलाई अवसरका रुपमा विकास गरौं

काठमाडौं – महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई  नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अवसरको रुपमा लिएर देशको विकास गर्नुपर्ने बताएका छन् ।

सुशील कोइराला मेमोरियल फाउण्डेशनले काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८१ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘अन्वेषण यात्रा’ विषयक जुम कार्यक्रममा उनले कोभिड–१९ का कारण स्वदेश फर्केका युवालाई कृषि क्षेत्रमा लगाएर देशको विकास गर्नुपर्ने बताएका हुन् ।

Advertisement

“कोभिड–१९ लाई अवसरको रुपमा बदल्नका लागि स्वदेश फर्केका युवालाई कृषिमा जोडेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ”,उनले अगाडि थपे ।

काँग्रेसले मुलुकको सम्भावनालाई हेरेर विकासको खाका बनाउनुपर्नेमा उनले जोड दिए । फाउण्डेशनका अध्यक्षसमेत रहेका महामन्त्री कोइरालाले व्यक्तिभन्दा पार्टीलाई प्राथमिकतामा राख्ने स्व कोइराला भ्रष्टाचारविरोधी नेताका रुपमा आफूलाई स्थापित गरेको बताए ।