April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च

रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च



एजेन्सी – रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च भएको छ ।

Advertisement

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोनाविरुद्ध संसारको पहिलो खोप ‘स्पुतनिक भी’ सफल परीक्षण भएर मान्यता दिइएको उल्लेख गरेलगत्तै विश्वका विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन् ।

भ्याक्सिन माग गर्ने मुलुकहरुमा ल्याटिन अमेरिकी, मध्यपूर्व र केही एशियाली मुलुकहरु पनि रहेका छन् । माग बढेपछि विभिन्न ५ मुलुकबाट वार्षिक ५० करोड डोज भ्याक्सिन उत्पादन गर्ने तयारी भएको रूसको डाइरेक्ट ईन्भेष्टमेन्ट फण्ड (आरडीआईएफ) का प्रमुख किरिल दमित्रिवेले बताएका छन् ।

रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्खोका अनुसार खोप लगाएको २ बर्षसम्म कोरोना संक्रमणबाट पूर्ण रुपमा सुरक्षित रहन सकिनेछ ।