April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि

मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि

हेटौंडा – मकवानपुरमा  ३७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा १० जना प्रहरीसहित ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । 

Advertisement

कोरोना संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका १८ जना र १० जना प्रहरी रहेका छन् । 

त्यस्तै भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना र काठमाडौ घर भएका एक जना रहेका छन् ।