May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पार्टी फुटमा जाँदैन, समस्याको जड केपी ओली: प्रचण्ड

पार्टी फुटमा जाँदैन, समस्याको जड केपी ओली: प्रचण्ड

काठमाडौं – नेकपा स्थायी कमिटी बैठक अवरुद्ध भइरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओली इतर समूह (पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ) ले केन्द्रीय कमिटीका सदस्यहरूलाई बोलाएर छलफल गर्न थालेका छन् ।

बुधबार काठमाडौंको प्रेसिडेन्सियल कलेजमा गण्डकी प्रदेश स्तरीय केन्द्रीय सदस्यको भेलाको आयोजना गरेको त्यहाँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य हरि अधिकारीले जानकारी दिए ।

Advertisement

भेलामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीकै कारण समस्या सिर्जना भएको र पार्टी एकताका बेलाका सहमति कार्यान्वयन, त्यसपछि भएका समझदारीको पनि पालना नभएकाले समस्या सिर्जना भएको र यसको विधिसम्मत हल खोज्ने बताएको अधिकारीको भनाइ छ ।

“पार्टी के होला कसो होला भनेर चिन्ता लिनुपर्दैन । हामी एकताकै पक्षमा छौं । एकता जोगाउन अन्तिमसम्म पहल गर्नेछौं । एकतामा शङ्का नगर्नुहोस् । दिएको जिम्मेवारी पूरा गर्नुहोस् ।

प्रचण्डले अहिलेको अन्तरविरोध, पद प्राप्तिको निम्ति केन्द्रित लडाइँ-झगडाका रूपमा नबुझ्न अनुरोध गरेका थिए ।