May 6, 2024, Monday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ट्रक र अटो आपसमा ठोक्किदा दुईको मृत्यु, चालक घाइते

ट्रक र अटो आपसमा ठोक्किदा दुईको मृत्यु, चालक घाइते

श्रावण २९, मकवानपुर । मकवानपुरको हेटौंडा वडा नम्बर ३ बसामाडीमा ट्रक र अटो एक आपसमा ठोक्किदा २ को मृत्यु भएको छ । विहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बसामाडीको तीन ताप्केमा मालबाहक ट्रक र अटो एक आपसमा ठोक्किँदा २ को मृत्यु भएको हो ।

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको मालबाहक ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त दुर्घटनामा परी अटोमा सवार मनहरी गाउँपालिका वडा नम्बर ५ डिल्लीपुरका अन्दाजी वर्ष ३२ का बाबुराम रुम्बा र बर्ष ३५ का अमृत लोप्चनको मृत्यु भएको हो ।

घटनामा घाइते भएका मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुर बस्ने ४७ वर्षीय ठुलोकान्छा खड्काको हेटौंडा ११ को चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।